Add caption |
मनास्लु हिरक महोत्सवमा पर्वतारोहीहरूको जमघट|प्रथम आरोही जापनिज नागरिक तोसियो इमानसी र नेपाली नागरिक ग्याल्जेन शेर्पाले सयुक्त रूपमा पहिलो पटक सन १९५६ मई ९तारिखको दिन ८१६३मिटर मनास्लु हिमालको सफल आरोहण गरेका थिए|
उक्त दिनको सम्झनामा नेपाल सरकारले मनास्लु र ल्होत्से हिमालको हिरक महोत्सव मनाउने भएको छ|गोरखा जिल्लामा अवस्थित मनास्लु हिमालको ६० वर्ष पुगेको अवसरमा भव्यरूपमा हिरक महोत्सव मनाउन लागिएको र महोत्सवमा प्रसिद्द पर्वतारोहीहरूको जमघट हुने नेपाल पर्वतारोहण सघका अध्यझ तथा सरकार द्दारा गठित मूल समितिका सदस्य सचिव आडछिरिड शेर्पाले जानकारी दिए|
शेर्पाको अनुसार महोत्सवमा जापान'जर्मन'फ्रान्स लगायत मुल्क बाट पर्वतारोहण सग सम्बन्धित व्यक्तिहरू धेरै सख्यामा आउने छन|
गत साल बैशाखमा गएको विनासकारी महाभुक्मपको कारण शिथिल बनेको पर्यटन लाई उकास्न मद्दत पुग्ने विश्वास छ|पोखराको अन्तरार्ष्ट्रिय पर्वतीय सग्रहालयको हातामा मनास्लु नमुना हिमालमा चढेर धेरैले हिमाल चढने धोको मेटाउने गरेका छन|
No comments:
Post a Comment